काठमाडौं । आज मोरङ व्यापार संघको कार्यकारिणी समितिको सदस्य पदको निर्वाचन कार्यक्रम सम्पन्न भएको छ ।
निर्वाचन आयोग, मोरंग व्यापार संघका अनुसार कार्यकारिणी समितिको सदस्य पदको निर्वाचनमा उम्मेदवारहरुको नामावली उपर कुनै दावी विरोध नपरेको जनाएको छ ।
संघको विधान, नियमावली अनुसार वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना सदस्यहरुको मात्र उम्मेदवारी दर्ता भएकाले सोही उम्मेदवारहरु संघको कार्य समितिका लागि निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचनमा वाणिज्य तर्फका उम्मेदवारहरु देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी, संजय श्रेष्ठ, अनिल कुमार साह, विनित सिंघानियां, सुशिल सुराना र राजेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, उद्योग तर्फका उम्मेदवारहरु नवीन रिजाल, आशिष जाजु, दिपेश सुवेदी, अमित सारडा, अनुपम राठी, विकास कु. बेगवानी, पवन राठी र अनिल सारडा निर्विरोध निर्वाचित भएका छन् ।



