images
images

बीमा समितिविरुद्ध सम्झौताहीन आन्दोलनको तयारीमा एफक्यान र इपान


  • 791
    SHARES
  • २०७८ पौष २० गते मंगलबार

    बीमा समितिविरुद्ध सम्झौताहीन आन्दोलनको तयारीमा एफक्यान र इपान

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) र स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) बीमा समितिविरुद्ध सम्झौताहीन आन्दोलनमा जाने तयारी गरेका छन् । बीमा समितिले ल्याएको पुनर्बीमा निर्देशिका सच्याउन माग गर्दै उनीहरु आन्दोलनमा जाने तयारी गरेका हुन् । साथै उनीहरुले निर्देशिक नसच्याएसम्म समितिसँग कुनै वार्ता समेत नबस्ने घोषणा गरेका छन् । 

    मंगलबार बीमा समिति र दुई संस्थाका प्रतिनिधिबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसँगको भेटमा समितिले समस्या समाधानका लागि ठोस प्रस्ताव ल्याउन नसकेको आरोप महासंघले लगाएको छ । यही कारण उनीहरुले बीमा समितिसँग अब कुनै पनि वार्तामा नबस्ने उद्घोष गरेका हुन् । 

    समितिले पुनर्बीमा निर्देशिका, २०७८ जारी गर्दै बीमा व्यवसायमा नेपाली पुनर्बीमा कम्पनीले चाहेसम्म विदेशमा बीमा गर्न नपाउने व्यवस्था गरेको थियो । तर, स्वतन्त्र बजार अनुसार पुनर्बीमामा प्रतिस्पर्धा हुनुपर्ने माग व्यवसायीहरुको छ । 

    खासगरी ठूलाठूला संरचना तथा जलविद्युत् आयोजनाहरुमा बीमा गर्दा हुने जोखिम नेपाली पुनर्बीमा कम्पनीले मात्रै धान्न नसक्ने उनीहरुको दाबी छ । 


    images
    images

    Logo