images
images

पहिराेका कारण रसुवागढी सडक खण्ड अवरुद्ध


  • 290
    SHARES
  • २०७८ पौष २० गते मंगलबार

    पहिराेका कारण रसुवागढी सडक खण्ड अवरुद्ध

    काठमाडौं । सुक्खा पहिराेका कारण स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट आज विहान  आएको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएपछि माहवाहक कन्टेनर बाटोमा नै राकिएका छन् । 

    प्रमुख जिल्ला अधिकारी नवराज जैसीले पहिरो पन्छाउनका लागि स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजना र सडक कार्यालयको स्काभेटर उपकरण प्रयोगमा ल्याउन लागिएको जानकारी दिए । यसका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको उनले बताए । पहिरास्थलमा निरन्तर ससाना ढुङ्गा झर्ने क्रम जारी रहेकाले पन्छाउन समस्या परेको बताइएको छ । 


    images
    images

    Logo