काठमाडौँ । ‘बुस्टर डोज’ खोप दिने अभियान सुरु भएकै दिन रोकिएको छ । आजदेखि सुरु गर्ने भनिएको वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको अतिरिक्त डोज खोप अभियान स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
‘सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गर्न आवश्यक भएको भन्दै मन्त्रालयले थप प्राविधिक विषयबारे छलफल गरी आगामी माघ महिनादेखि यसबारे जानकारी गराउने उल्लेख गरेको छ ।