काठमाडौं । बालुवाटार जग्गा काण्डका मुख्य अभियुक्तको रुपमा रहेका शोभाकान्त ढकालसहित ५ जनाविरुद्ध राजश्व अनुसन्धान विभागले १ अर्ब २० करोडको मुद्दा चलाएको छ । विभागले मंगलबार ढकालसहित सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठविरुद्ध सो बराबरको मुद्दा दायर गरेको हो ।
सोमध्ये विभागले मूल्य अभिवृद्धि करतर्फ ४२ करोड ३६ लाख, आयकरतर्फ ६८ करोड ४८ लाख र लाभांश करतर्फ ९ करोड ७४ लाख छली गरेको आरोप विभागको छ । यसो गर्दा कुल १ अर्ब २० करोड रुपैयाँ राजश्व छली भएको विभागको दाबी छ ।
विभागले छली भएको बिगो तथा सोही बराबरको जरिवानासहित २ अर्ब ४० करोडको मागदाबी कायम गरी मुद्दा दायर गरेको हो ।