images
images

आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेश गर्न व्यवसायीको आग्रह


  • 335
    SHARES
  • २०७८ पौष २० गते मंगलबार

    आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेश गर्न व्यवसायीको आग्रह

    काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले आर्थिक नियमावलीमा सुनचाँदीका मुद्धा समावेश गर्न सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधी मण्डलले बुधबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेटगरी ब्यवसायीका समस्या समाधान गर्न आग्रह गरेको हो । 

    भेटका क्रममा ब्यवसायीका तर्फबाट तीन वटा माग अगाडि सारिएको थियो । त्यसमध्ये पहिलोमा जर्तिको मापदण्डमा एकरुपता कायम गर्दै १० प्रतिशत गर्नुपर्ने छ । हाल जर्ति सम्वन्धी ठोस ब्यवस्था नहुँदा फरक फरक दर कायम हुँदै आएको छ । यस्तै ब्यवसायीले सुनचाँदी जस्तो वहुमुल्य धातुको कारोवारमा नगद करोबारको सिमा ५० हजारवाट बढाएर १० लाख पुर्याउनुपर्ने माग गरेका छन् । 

    ब्यवसायीले अगाडि सारेको तेस्रो मागमा लेखा परीक्षण सम्वन्धी ब्यवस्थमा एकरुपमा हुनुपर्ने रहेको छ । ब्यवसायी संगको भेटका क्रममा विभागका महानिर्देशक पौडेलले ब्यवसायीले उठाएका मागहरुलाई अध्ययन गरी सम्वोधन गर्न पहल गर्ने आश्वासन दिए । उनले भने, ‘ब्यवसायीका समस्या समाधान गर्न विभागले सदैव सहयोग गर्दै आइरहेको छ । अब पनि के गर्न सकिन्छ त्यो अध्ययन गरी हामी आवश्यक निर्णय लिन्छौं ।’ 

    त्यस क्रममा महासंघका अध्यक्ष शाक्यले प्रष्ट कानूनी ब्यवस्थाको अभावमा बजारमा ब्यवसायीवीच दुविधा उत्पन्न नहोस र जर्ति जस्तो बिषयमा ब्यवसायीले आफूखुशी सिमा निर्धारण गर्दा एउटै  सामानको पसलपिच्छे फरक फरक मुल्य कायम नहोस भन्ने उद्धेश्यले आर्थिक नियमावलीमार्फत यसलाई समेट्न आग्रह गरिएको बताए । यसवाट सरकारी राजस्वमा समेत योगदान पुग्ने उनको भनाई छ । 


    images
    images

    Logo