images
images

श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने


  • 457
    SHARES
  • २०७८ पौष २० गते मंगलबार

    श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने

    आगामी माघ २ गतेदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका कामलाई थप सहज बनाउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभाग र कार्यालयबाट पुनः श्रम स्वीकृतिको काम आगामी २ माघबाट अनलाइनबाट मात्र हुने जानकारी गराएको हो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आमसेवाग्राहीको चाहना र अपेक्षाअनुरूप वर्तमान सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाई सहज रूपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाएको बताए । 

    उनले वैदेशिक रोजगारसम्बन्धी हरेक काम कारबाहीलाई थप सहज, छिटो र पारदर्शी बनाउन  माघ २ गतेदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने व्यवस्था मिलाइएको जानकारी दिए ।


    उनले यो अनलाइन प्रणाली एकदमै सहज, उपलब्धिमूलक र पारदर्शी तथा झन्झटरहित हुने दाबी गरे । उनले सरकारको यो नयाँ कामले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई निकै लाभ हुने अपेक्षा गरिएको बताए ।  राजधानी दैनिकबाट


    images
    images

    Logo