images
images

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी प्रतिभा वैद्यलाई 


  • 614
    SHARES
  • २०७८ पौष १९ गते सोमबार

    नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी प्रतिभा वैद्यलाई 

    काठमाडौं । प्रतिभा वैद्यले नेपाल टेलिकमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएकी छिन् । हाल नायव प्रबन्ध निर्देशक रहेकीवैद्यलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो ।  

    अहिले मन्त्रालयले नयाँ प्रबन्ध निर्देशकको नियुक्ति प्रक्रिया अघि बढाइरहेको छ । प्रक्रिया नटुंगिदै प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको पदावधि सकिएपछि वैद्यलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्तको जिम्मेवारी दिइएको हो ।

    जिम्मेवारीसँगै उनले सञ्चालक समितिको निर्णय तथा नियामक निकायको सुझाव बमोजिम छिटो÷छरितो रुपमा काम गर्ने प्रतिवद्धता व्यक्ति गरेकी छिन् । उनले सबै निर्देशनालय, विभाग, कार्यालयमा कार्यरत कर्मचारी एवं ट्रेड युनियनबाट पनि यसमा सहयोग हुने विश्वास व्यक्त गरेकी छिन् । 


    images
    images

    Logo