images
images

राष्ट्रियसभा सदस्य निर्वाचनः कर्णालीमा यस्तो छ  मतभार


  • 509
    SHARES
  • २०७८ पौष १९ गते सोमबार

    राष्ट्रियसभा सदस्य निर्वाचनः कर्णालीमा यस्तो छ  मतभार

    काठमाडौँ । राष्ट्रियसभामा रिक्त हुने तीन सदस्यका लागि माघ १२ गते हुने निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले कर्णालीबाट निर्वाचित हुने तीन सदस्यका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दैछ भने मङ्गलबार उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेको जनाएको छ । 

    कर्णालीमा स्थानीय तहका प्रमुख/उपप्रमुख १ सय ५६ र प्रदेशसभाका ३५ गरी १ सय ९१ जना मतदाता छन् । प्रदेश निर्वाचन अधिकारी एवं सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले मङ्गलबार उम्मेदवारको मनोनयन दर्ता हुने बताए । उनका अनुसार कर्णालीमा महिला १,अन्य १ र अपाङ्गता/अल्पसङ्ख्यक क्लस्टरबाट १ गरी ३ सदस्यमा निर्वाचन हुँदैछन् । 

    महिलाबाट कविता बोगटी (हुम्ला), अपाङ्गताबाट जीवन बुढा (कालीकोट) र अन्यबाट ठगेन्द्रप्रकाश पुरी (रुकुम पश्चिम) को पदावधि सकिँदैछ । दलहरुले उम्मेदवारी दिँदा सम्बन्धित क्लस्टरबाटै दिनुपर्नेछ । 

    राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्ने अधिकार स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेशसभाका सदस्यलाई मात्र छ । स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ तथा प्रदेशसभा सदस्यको मतभार ४८ हुने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा सबैभन्दा बढी मत नेकपा (माओवादी केन्द्र) सँग छ । माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख/उपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ सदस्य छन् । 

    माओवादी केन्द्रमा स्थानीय तहबाट ९ सय ३६ र प्रदेशसभाबाट ५ सय ७६ मत गरी १ हजार ५ सय १२ मत छ । नेकपा(एमाले) का स्थानीय तहका प्रमुख/उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् । स्थानीय तहबाट ८ सय १० र प्रदेशसभाबाट ६ सय २४ मत हुन आउछ । यो भनेको एमालेको कूल १ हजार ४ सय ३४ मत हो । 
     
    नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख/उपप्रमुखको ७ सय २० तथा प्रदेशसभा सदस्यको २ सय ८८ गरी कूल १ हजार ८ मत छ । एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) मा स्थानीय तहका प्रमुख/उपप्रमुख गरी १३ र प्रदेशसभाका ३ जना मतदाता छन् । स्थानीय तहको मतभार २ सय ३४ र प्रदेशसभा सदस्यको मतभार १ सय ४४ गरी एकीकृत समाजवादीको कूल मत ३ सय ७८ रहेको छ । राप्रपाको एक जना प्रदेशसभा सदस्य भएकाले उसको मतभार ४८ मात्र छ ।


    images
    images

    Logo