काठमाडौं । लगातार बढिरहेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । आइतबार ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानएकोे छ ।
महासङ्घका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ भने आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँ ले घटेर १ हजार २ सय ५६ रुपैयाँ पुगेको छ ।