images
images

धान उत्पादन ८.७४ प्रतिशतले घट्यो, विगत ५ वर्ष यताकै कम उत्पादन


  • 703
    SHARES
  • २०७८ पौष १९ गते सोमबार

    धान उत्पादन ८.७४ प्रतिशतले घट्यो, विगत ५ वर्ष यताकै कम उत्पादन

    काठमाडौं । नेपालमा उत्पादन हुने प्रमुखबाली धानको उत्पादन यसवर्ष ८ दशमलव ७४ प्रतिशतले घटेको छ । गत असोज ३१ देखि कार्तिक ३ गतेसम्म देशभर परेको हावाहुरीसहितको अप्रत्याशित वर्षात्ले पुर्‍याएको क्षतिका कारण धान उत्पादनमा कमी आएको बताइएको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतवार मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै धानको उत्पादनमा कमी आएको जानकारी दिएको हो । मन्त्रालयले देशभरबाट संकलन गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा धानको उत्पादन विगत ५ वर्षयताकै कम भएको पाइएको छ ।

    मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७र७८ मा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर जमीनमा ५६ लाख २१ हजार ७ सय १० मेट्रिकटन धान उत्पादन भएकोमा चालू आर्थिक वर्षमा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टर जमीनमा ५१ लाख ३० हजार ६ सय २५ मेट्रिकटन मात्र धान उत्पादन भएको छ । यो उत्पादन अघिल्लो आबको तुुलनामा ८ दशमलव ७४ प्रतिशतले कम हो ।

    यसअघि आर्थिक वर्ष २०७४र७५ मा ५१ लाख ५१ हजार ९ सय २५, आव २०७५र७६ मा ५६ लाख १० हजार ११, आर्थिक वर्ष २०७६÷७७ मा ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिकटन धान उत्पादन भएको सरकारी तथ्यांक छ ।

    गत आर्थिक वर्षको तुलनामा धानबाली लगाइएको क्षेत्रफल करीब ४ हजार हेक्टरले वृद्धि भएको भए तापनि बेमौसमी वर्षात्का कारण उत्पादकत्वमा समेत ९ दशमलव शून्य ९ प्रतिशतले गिरावट आई प्रतिहेक्टर ३ दशमलव ४७ मेट्रिकटन कायम भएको छ मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । आर्थिक अभियान दैनिकबाट


    images
    images

    Logo