काठमाडौं । कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चाचलक नेत्र भण्डारी निलम्बनमा परेका छन् । मल खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै उनीसहित १२ जना कर्मचारी निलम्बनमा परेका हुन् ।
आयोगले उनीहरु विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । यसरी मुद्दा दायर हुनेहरुमा प्रवन्ध सञ्चालक भण्डारीका साथै प्रबन्धक विष्णु पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप–प्रबन्धक पुष्कर दीप बुढा लगायत छन् ।
उनीहरु बिरुद्ध १ अर्ब ५३ लाख २२ हजार बिगो कायम गरिएको अख्तियारले जनाएको छ । भ्रष्टाचार अभियोगमा कुनै पनि कर्मचारी विरुद्ध अभियोगपत्र दायर भएपछि त्यस्तो कर्मचारी स्वत: निलम्बनमा पर्ने कानूनी व्यवस्था छ । भण्डारीसँगै कम्पनीका सेकेन्ड म्यान पोखरेल र अन्य कर्मचारी समेत स्वत: निलम्बनमा परेका छन् ।



