images
images

राष्ट्रिय योजना आयोगको टोली बझाङमा


  • 459
    SHARES
  • २०७८ पौष १८ गते आइतबार

    राष्ट्रिय योजना आयोगको टोली बझाङमा

    काठमाडौँ । दीर्घकालीन रुपमा रहने विकास निर्माणका योजनाको स्थलगत अबलोकन गरी विवरण सङ्कलन गर्न राष्ट्रिय योजना आयोगको टोली बझाङ आइपुगेको छ ।

     जिल्लामा रहेका दीर्घकालीन विकास निर्माणका कामलाई सङ्कलन गरी आगामी दिनमा सरकारलाई योजना बनाउन सहज गराउन टोलीले  स्थलगत अवलोकन गरेको  शनिबार आयोजित एक अन्तक्र्रिया कार्यक्रममा जानकारी दिए । 

    आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलको नेतृत्वको टोलीले बझाङको जनतालाई प्रत्यक्ष फाइदा पुग्ने विकास निर्माणका योजनालाई सङ्कलन गरेर सरकारले अगामी दिनमा बनाउने योजनामा त्यसलाई समेटिने जानकारी दिए ।

    उनले जयपृथ्वी राजमार्गको जालेबगर, सेती नदीको कटानको सङ्कटमा रहेको र  देवल बिमानस्थल, चैनपुरलगायत नदी किनारका बस्तीलाई तटबन्ध गर्न र जयपृथ्वी राजमार्गलाई नियमित सञ्चालन गर्न आवश्यक रहेको बताए  । 

    गएको कात्तिक १ गतेदेखि तीन दिनसम्म आएको बेमौसमी वर्षा र बाढीका कारण जिल्लामा मानवीय क्षति हुनाका साथै जनधनको क्षति र विभिन्न सरकारी संरचनामा असर परेकोे थियो ।

    भौगोलिकरूपमा अति बिकट बझाङमा ठूला विकास निर्माणका कार्यसमेत हुन नसकेकाले अगामी दिनमा यहाँबाट सङ्कलन गरिएका योजनाले प्राथमिकता पाउनुपर्ने, चीनलाई जोड्ने नेपालको सबैभन्दा छोटो मार्गको रुपमा रहेको छ । 

    ताक्लाकोट नाकालाई खोल्न सरकारको ध्यानार्कषण हुनुपर्ने र स्थानीय स्रोत र प्राकृतिक सम्पदाको समूचित प्रयोग गरिनुपर्नेजस्ता विषयमा  स्थानीयवासीले जोड दिएका थिए । 


    images
    images

    Logo