काठमाडौँ। सुनचाँदी बजारमा साताको पहिलो कारोबारकाे दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ मा कारोबार हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा काराेबार भएकाे थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँ ले बढेर १ हजार २ सय ७०रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।