images
images

‘एक घर एक धारा’ गण्डकी प्रदेशको नीतिः मुख्यमन्त्री पोखरेल


  • 412
    SHARES
  • २०७८ पौष १८ गते आइतबार

    ‘एक घर एक धारा’ गण्डकी प्रदेशको नीतिः मुख्यमन्त्री पोखरेल

    काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ‘एक घर एक धारा’ अवधारणा अनुरुप जनतालाई सफा पानी वितरण गर्ने प्रदेश सरकारले नीति लिएको जानकारी दिए ।

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २०औँ वार्षिक साधारणसभाको शनिबार शुभारम्भ गर्दै उनले प्रदेशभित्र १ हजार ५ सय खानेपानीका आयोजना सञ्चालनमा रहेको र ती मध्ये ४ सय २२ आयोजना सम्पन्न भइसकेको बताए । 

    गण्डकी प्रदेशमा अहिले ३ अर्ब ६८ करोड रुपैयाँ लागतका खानेपानी आयोजना सञ्चालन भइरहेका छ ।  सो अवसरमा मुख्यमन्त्री पोखरेलले सुन्दरपुर डाँडामा रहेको संस्थाको १ लाख लिटर क्षमताको ओभरहेड ट्याङ्कीको उद्घाटनसमेत गरेका थिए ।

    कार्यक्रमका गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले सुरक्षित खानेपानीको सन्दर्भमा उत्कृष्ट काम गरेको जलुकेले सरसफाइका क्षेत्रमा समेत थप कार्यक्रम गर्न सुझाव दिए। 

    साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष पार्वती शर्मा लम्सालले आर्थिक वर्ष २०७७÷७८ मा संस्थाले  ५५ लाख ८४ हजार १ सय ६६ रुपैयाँ बचत गर्न सफल भएको बताए । चालु आर्थिक बर्ष २०७८÷७९ मा संस्थाले २ करोड २० लाख ११ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।


    images
    images

    Logo