images
images

नेपाली सेनाले माग्यो कर्मचारी, २२९ जना अधिकृत क्याडेटका लागि आवेदन माग


  • 372
    SHARES
  • २०७८ पौष १८ गते आइतबार

    नेपाली सेनाले माग्यो कर्मचारी, २२९ जना अधिकृत क्याडेटका लागि आवेदन माग

    काठमाडौं । नेपाली सेनाले कर्मचारी माग गरेको छ । आइतबार एक सुचना प्रकासित गर्दै नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेटका लागि आवेदन माग गरेको हो । 

    नेपाली सेनाले खुलातर्फ १ सय २० र बाँकी समावेशी तर्फ आवेदन माग गरेको छ । समावेशीतर्फ आदिवासी जनजाती लाई ३३ महिला २१, मधेशी २९ दलित १५ र पिछडिएको क्षेत्र ५ जनाको लागि आवेदन खुलाएको छ । 

    दरखास्त आइतबारबाट माघ १७ गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर माघ १८ गतेदेखि २४ गतेसम्म  दरखास्त दिन सकिनेछ।

    प्रमाणपत्र तह वा सो सरह (अधिकृत क्याडेटको लागि), स्नातक वा सो सरह उत्तीर्ण (स्नातक उत्तीर्ण क्याडेटको लागि) शैक्षिक योग्यता तोकिएको छ । एसएलसी वा एसईई परिक्षामा अनिवार्य गणित विषय लिएको हुनुपर्नेछ।

    न्यूनतम ४ फिट ३ इञ्च उचाइ भएको, छाती नफुल्याउँदा ३२ र फुल्याउँदा ३४ पुग्नुपर्नेछ । साथै कम्तीमा ५० केजी तौल भएको हुनुपर्नेछ । 


    images
    images

    Logo