काठमाडौं । लिखित परीक्षा अर्काको नाममा दिँदै गरेका २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका २ जना नक्कली परीक्षार्थी पौष १७ गते पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्लाको निल कुमार अदै र धनकुटा जिल्लाको सौहार्द राई छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै रहेका छन् भने सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर १४४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी परीक्षा दिन खोज्ने सौहार्द राईले परीक्षा दिने प्रयास गरेका थिए ।
हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपुर्ति गरिने साधारण समुह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदकोे लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरी परीक्षार्थीहरुको एकिन गर्ने क्रममा नक्कली परीक्षार्थी प्रमाणीत भएको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाईएको छ ।



