काठमाडौं । सी–आश्वा प्रणालीमार्फत् शेयर भर्दा सिद्धार्थ बैंकले शुल्क लिन थालेको छ । बैंकले सूचना जारी गर्दै आइतबार (पुस १८ गते) देखि प्रति आवेदन बापत १० रुपैयाँ शुल्क लिन सुरु गरेको हो ।
यसअघि सो बैंकले आश्वा आवेदनमा कुनै शुल्क लिने गरेको थिएन ।