images
images

राजस्व सङ्कलन र विकास निर्माणका काममा तीव्रता


  • 374
    SHARES
  • २०७८ पौष १७ गते शनिबार

    राजस्व सङ्कलन र विकास निर्माणका काममा तीव्रता

    काठमाडौँ । टोखा नगरपालिकामा चालु आर्थिक वर्षको ५ महिनामा  ११ करोड ५८ लाख  रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    टोखा नगरपालिकाको शुक्रबार सम्पन्न दशौँ नगरसभामा नगरपालिकाले राजस्व सङ्कलन र विकास निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढाएको बताइएको हो । कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले टोखाले गौरवका योजनालाई प्राथमिकता दिएको बताए ।

     “कुनै पनि राजनीतिक दल र जनतालाई विभेद नगरी योजना वितरण गर्दा टोखाको विकासले गती लिएको छ”, उनले भने । टोखाको विकासमा जनप्रतिनिधिको साझा दायित्व भएको उनको भनाइ छ ।

    नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरसभाबाट पारित भएको बजेटलाई यथासक्य छिटो कार्यान्वयनमा लैजाने बताए ।

     दशौँ नगरसभा नेपाली कांग्रेसले भने बहिष्कार गरेको छ । नगरपालिकाको बैठक बसेर निर्णय गर्नुभन्दा पहिले नै हस्ताक्षर गराउने परिपाटीको सुरुआत गरिएको भन्दै कांग्रेसले उक्त बैठक बहिष्कार गरेको हो ।

    बैठक बहिष्कार गर्नेमा वडा नं २ का वडाध्यक्ष दीपकराज जोशी, वडा नं ३ का अध्यक्ष सिंहराज श्रेष्ठ, वडा नं ६ का अध्यक्ष महेश्वर केसी, वडा नं ८ का वडाध्यक्ष केशवबहादुर खत्री र वडा नं ११ का अध्यक्ष उत्तम अधिकारी रहेका थिए।

    टोखा वडा नं ८ का वडाध्यक्ष खत्रीले नगरप्रमुखले एकलौटी बैठक सञ्चालन गर्न खोजेपछि आफूहरुले बैठक बहिष्कार गरेको बताए। 


    images
    images

    Logo