images
images

वार्षिकोत्सवको पूर्वसन्ध्यामा क्यानको उपमहानिर्देशकमा ४ जनाको बढुवा


  • 585
    SHARES
  • २०७८ पौष १६ गते शुक्रबार

    वार्षिकोत्सवको पूर्वसन्ध्यामा क्यानको उपमहानिर्देशकमा ४ जनाको बढुवा

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० को उपमहानिर्देशकमा चार जना बढुवा भएका छन् । क्यान सञ्चालक समितिको बैठकले देवचन्द्रलाल कर्ण, हंसराज पाण्डे, गोविन्द दाहाल र प्रेमनाथ ठाकुरलाई बढुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणमा उपमहानिर्देशकलाई १२ औं तह मानिन्छ ।

    क्यानले वरिष्ठताकै आधारमा उपमहानिर्देशकमा बढुवा गरेको छ । 

    क्यानले शुक्रबार आफ्नो स्थापनाको २३ औं वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सवको पूर्वसन्ध‍्यामा उनीहरुलाई बढूवा गरिएको हो । बढुवासँगै क्यानको व्यवस्थापन समिति समेत पूर्ण भएको छ । अहिले मउपमहानिर्देशकमा नियुक्त भएको ४ जनामध्ये एक जना महानिर्देशक बन्नेछन् । 


    images
    images

    Logo