images
images

कुलमानले भने, ‘आजदेखि झ्याप्प झ्याप्प बिजुली जाँदैन’


  • 1.7K
    SHARES
  • २०७८ पौष १६ गते शुक्रबार

    कुलमानले भने, ‘आजदेखि झ्याप्प झ्याप्प बिजुली जाँदैन’

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज बेलुकादेखि काठमाडौं उपत्यकामा झ्याप्प झ्याप्प बिजुली जाने समस्या नहुने बताएका छन् । विगत केही दिनदेखि समय समयमा बिजुली जान थालेको अवस्थामा पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन् ।

    उनले केही ट्रान्सफर्मरमा आगलागी भएको तथा केही फेर्नुपर्ने भएका कारण विगत केही दिनदेखि काठमाडौंका केही स्थानमा समस्या आएको स्वीकार गर्दै अब यस्तो समस्या नआउने बताएका हुन् ।

    ‘केही ठाउँमा आगो लाग्यो , जस्तो सिंहदरबारमै आगो लाग्यो, बानेश्वर, रत्नपार्क, महाराजगञ्ज लगायत ठाउँमा लोड बढी भएका कारण ट्रान्सफर्मरहरु फेर्नुपर्यो,’ कुलमानले भने, ‘एएटा ट्रान्सफर्मर फेर्दा फिडर नै बन्द गर्नुपर्ने हुन्छ । तर, आज बेलुकीसम्म सबै सकिइसक्छ । त्यसपछि यस्तो समस्या आउँदैन । 

    उनले बजिुली नपुगेर बत्ति जाने समस्या नआएको भन्दै यसमा हुन समेत आग्रह गरे ।


    images
    images

    Logo