काठमाडाैँ । सुनचाँदी बजारमा साताको अन्तिम कारोवार दिन छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ ले उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ छ जुन बिहीबार प्रतितोला ९१ हजार ६सय रुपैयाँ कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला१५ रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।