काठमाडौं । खराव मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (टीआईए) मा अवतरण हुन नसकेपछि हिमालयन एयरलाइन्सको विमान बंगलादेशको ढाकातर्फ डाइभर्ट भएको छ । साउदीबाट आएको एच९५६०२ उडान नम्बर रहेको सो विमाान बंगलादेश डाइभर्ट गरिएको हो ।
त्यस्तै, कतारबाट आएको हिमालयन एयरलाइन्सकै एच९५६४ उडान नम्बर रहेको विमान तथा दुबईबाट आएको एच९५६०२ उडान नम्बर रहेको एफजेड५७१ उडानको फ्लाइ दुबईको विमान आकाशमै होल्ड गरिरहेका छन् ।