काठमाडौं । खराब मौसमका कारण दुई अन्तर्राष्ट्रिय विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सकेका छैनन् । जजिरा एयरलाइन्सका दुई विमानहरु अहिले आकाशमै होल्ड गरिरहेका छन् ।
विमानस्थल टर्मिलन विभागका अनुसार कुवेतबाट काठमाडौं आएको फ्लाइट नम्बर जे९१५४१ र जे९५३९ का विमानहरु होल्ड भएका हुन् । बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएपछि जहाज ल्यान्ड हुन नसकेको हो ।
माैसमकै कारण विमानस्थलका सबै उडान र अवतरण ठप्प भएका छन् । ताप्लेजुङ, लुक्ला र सिमराका ३ उडानहरु रद्द गरिएका छन् भने अन्य ३ दर्जन उडान माैसम सुधारको प्रतीक्षामा पर सारिएका छन् ।