images
images

नबिल बैंकले नेपाल बंगलादेश बैंक किन्ने


  • 519
    SHARES
  • २०७८ पौष १६ गते शुक्रबार

    नबिल बैंकले नेपाल बंगलादेश बैंक किन्ने

    काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ । साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

    यी दुवै वाणिज्य बैंक मर्ज हुने भनेर पहिलेदेखि नै चर्चा हुँदै आएको थियो । तर, त्यो प्रक्रियामा अगाडि बढ्न सकेको थिएन । अहिले नबिल र नेपाल बंगलादेश बैंक दुवैले मर्जर समिति बनाएर प्रक्रिया अगाडि बढाएका हुन् ।​ नबिल बैंकको बुधवार सम्पन्न बोर्ड मिटिङले सञ्चालक सदस्य उदयकृष्ण उपाध्याय संयोजकत्वको मर्जर समिति बनाएको छ । सोही समितिले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न छलफल अगाडि बढाउने बताइएको छ ।

    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सञ्चालक सदस्य उपाध्यायको संयोजकत्वमा मर्जर समिति बनाएको जानकारी दिए ।  आर्थिक अभियान दैनिकबाट


    images
    images

    Logo