images
images

डिजिटल स्कूल तथा कलेजका लागि 'स्कूल वर्क्स प्रो'


  • 364
    SHARES
  • २०७८ पौष १५ गते बिहीबार

    डिजिटल स्कूल तथा कलेजका लागि 'स्कूल वर्क्स प्रो'

    काठमाडौं । शैक्षिक संस्थाको परम्परागत शिक्षा ब्यवस्थापन प्रणालीलाई डिजिटल बनाउनको लागि डिजि टेक्नोलोजी प्रालीले 'स्कुल वर्क्स प्रो' सञ्चालनमा ल्याएको छ । 

    डिजिटल नेपालको महा अभियान चलिरहेको बेला 'स्कुल वर्क्स  प्रो' विद्यालय र कलेजलाई डिजिटल बनाउने एक उत्कृष्ट सफ्टवेयर बनेको डिजि टेक्नोलोजीका सिइओ प्रमोद पौडेल बताउँछन् । 

    सफ्टवेयर मार्फत अभिभावकले घरमै बसेर आफ्ना वालवालिकाको शैक्षिक अवस्था, स्कुल फि, विद्यालयको एकेडेमीक क्यालेन्डर हेर्न सक्नेछन् जसले गर्दा विद्यार्थीको पढाईको स्तर बुझ्न परीक्षा नै कुर्नु पर्ने अवस्थाको अन्त्य हुने पौडेल बताउँछन् । 

    शिक्षकले सफ्टवेयरमै गृहकार्यरअसाइनमेन्ट दिने र सो को जाँच गर्ने, प्रत्येक विद्यार्थीको शैक्षिक अवस्था बुझ्ने, पाठ्यक्रमहरू थप्ने, विभिन्न क्विजरपोल मार्फत विद्यार्थीको गतिविधि बढाउने गर्न सक्छन् । कक्षाको रुटिन, शैक्षिक स्रोत साधन व्यावस्थापन लगायत इ(लाइब्रेरी समेत सफ्टवेयरमै उपलब्ध छ ।

    स्कुल तथा कलेजको ब्यवस्थापन पक्षले आर्थिक ब्यवस्थापन, शिक्षक तथा कर्मचारीको दैनिक कामको मुल्यांकन, रिजल्ट ब्यवस्थापन लगायत सम्पुर्ण ब्यवस्थापकिय काम सफ्टवेयर मार्फत नै नियन्त्रण गर्न सक्नेछन् ।

    त्यस्तै विद्यार्थीहरूको शैक्षिक परिणाम मूल्याङ्कन गर्न, परीक्षा सञ्चालन गर्न, अभिभावक र शिक्षक तथा शैक्षिक संस्थाबिच सम्पर्क चुस्त राख्न सफ्टवेयर उपयोगी छ ।

    विद्यार्थीले सफ्टवेयरबाटै अरु विद्यार्थीको तुलनामा आफ्नो स्तर बुझ्न सक्छन् भने होमवर्क लिन र बुझाउन, बिदा तथा शैक्षिक क्रियाकलापको जानकारी सफ्टवेयरबाटै लिन सक्नेछन् ।

    स्कुल वर्क्स प्रोको कार्यान्वयन पश्चात मानव संसाधन, प्रीन्ट, संचार लगायतको खर्च घट्छ । पौडेल थप्छन् प्रविधिको सदुपयोगले सिमित कर्मचारीबाट पनि  इफिसेन्सी बढाउन सकिन्छ ।

    शिक्षामा अन्तरक्रियात्मक व्यवस्थालाई प्राथमिकता दिदै स्कूल वर्क्स प्रोले विद्यालय तथा कलेजहरूलाई शैक्षिक प्रणाली व्यवस्थापनको झन्झटिलो परम्परागत प्रक्रियालाई हटाएर एकिकृत प्रणालीमा व्यावस्थापन गर्न सहयोग पुर्‍याउने थापाको भनाई रहेको छ । 

    स्कूल वर्क्स प्रोको सुबिधा वेबमा मात्र नभई मोबाइल एप मार्फत पनि लिन सकिने बताइएको छ । यसबारे थप जानकारी कम्पनीको वेबसाईट बाट लिन सकिन्छ 

    स्कुल वर्क्स प्रोको निर्माता डिजि टेक्नोलोजी आइटी शिक्षामा दशौं बर्ष अनुभवीहरुको टिमले सन्चालन गरेको आइटी कम्पनी हो ।


    images
    images

    Logo