काठमाडौं । भक्तपुरको गठ्ठाघरमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । नयाँ थिमिबाट गठ्ठाघरतर्फ जाँदै गरेको कार अनियन्त्रित भइ बीच सडकको डिभाइडरमा ठक्कर खाँदा कारमा सवार अभिषेक साहको मृत्यु भएको हो ।
सोही दुर्घटनमा परी कार चालक सबिन घिसिङ घाइते भएका छन् । उनको थिमिस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
कार अनियन्त्रत भई सोही दिशातर्फ गईरहेको ट्याक्सी र बसलाई समेत ठक्कर दिएको थियो । कारबाट ठक्कर खाएको ट्याक्सीका चालक भीमसेन खत्रीको भने सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।