काठमाडौं । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ८८ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १ सय ३४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ २३ पैसा रहेको छ । यसैगरी यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १ सय ६० रुपैयाँ १ पैसा रहेको छ भने बिक्री दर १ सय ६० रुपैयाँ ८१ पैसा रहेको छ ।
