images
images

नेपाल धितोपत्र बोर्डका अध्यक्षका लागि दोस्रोपटक आवेदन माग


  • 784
    SHARES
  • २०७८ पौष १५ गते बिहीबार

    नेपाल धितोपत्र बोर्डका अध्यक्षका लागि दोस्रोपटक आवेदन माग

    काठमाडौं ।  नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि दोस्रोपटक आवेदन खुलेको छ । अध्यक्ष नियुक्तिका लागि गठित समितिले इच्छुक उम्मेदवारलाई आवेदनका लागि १५ दिनको समय दिएर आवेदन खुलाएको हो । 

    सूचनामा तोकिएको योग्यता भएका इच्छुक नेपाली नागरिकले पुष २९ गतेभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिनु पर्ने जनाइएको छ ।

    धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय वाणिज्य व्यवस्थापन वा कानून क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको उच्च नैतिक चरित्र भएको नेपाली नागरिकले सो पदका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

    बोर्डको अध्यक्ष छनाोटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पाैडेलको नेतृत्वमा ३ सदस्यीय समिति गठन भएको छ । यसअघि गठित समितिको वैधानिकतामाथि प्रश्न उठेपछि प्रक्रिया फेरि अर्को समिति गठन गरिएको हो । सो समितिले यसअघि खुलाएको आवेदन पनि समितिसँगै स्वत: रद्द भएको छ । 

    suchana.jpg

     


    images
    images

    Logo