images
images

मोटरसाइकल र स्कुटर चलाउनेलाई भारतमा पेट्रोल २५ रुपैयाँ सस्तो


  • 1.0K
    SHARES
  • २०७८ पौष १५ गते बिहीबार

    मोटरसाइकल र स्कुटर चलाउनेलाई भारतमा पेट्रोल २५ रुपैयाँ सस्तो

    काठमाडौं । मोटरसाइकल र स्कुटर चलाउनेलाई २५ रुपैयाँ सस्तो पेट्रोल दिने घोषणा भारतको एउटा राज्यले गरेको छ । भारतको उत्तरपूर्वी राज्य झारखण्डले राज्य सरकारको तर्फबाट सो घोषणा गरेको हो । 

    घोषणा अनुसार मासिक १० लिटरसम्म पेट्रोल खरिदमा प्रदेश सरकारले २५ रुपैयाँ अनुदान दिनेछ । यो व्यवस्था आगामी जनवरी २६ तारिखदेखि लागु हुने जनाइएको छ । 

    ट्वीटरमार्फत् यसको घोषणा गर्दै राज्यका मुख्यमन्त्री हेमन्त सोरेनले प्रदेश सरकारको २ वर्ष कार्यकाल पूरा भएको अवसरमा यस्तो राहत दिन लागेको बताए । 

    यसअघि भारत सरकारले पेट्रोलको मूल्य अभिवृद्धि कर घटाएर पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा १० रुपैयाँ मूल्य घटाएको थियो । तर, यसलाई लागु गर्ने सम्बन्धमा मौन रहेको झारखण्डले अहिले एकैपटक २५ रुपैयाँको राहत दिने घोषणा गरेको हो ।  

    यो घोषणाले निम्न तथा मध्यम वर्गको जनताको लागि उपयुक्त हुने विश्वास मुख्यमन्त्री सोरेनले व्यक्त गरेका छन् । 


    images
    images

    Logo