काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ्सका संस्थापक अध्यक्ष इच्छाराज तामाङ रिहा गर्नुपर्ने उनका वकिलको मागलाई काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको छ ।
उनलाई तत्काल रिहा गर्दा प्रमाण नष्ट हुनसक्ने भन्दै तामाङलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आज अदालतले आदेश दिएको हो । अन्य १० जनालाई भने अदालतले धरौटी तथा साधारण तारेखमा रिहा गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानले तामाङले ५ अर्ब ६७ करोड ठगी गरेको देखाएको थियो । सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध मुद्दा चलाएको थियो ।