images
images

निफ्राका सीईओकाे तलब १ करोड २१ लाख


  • 561
    SHARES
  • २०७८ पौष १४ गते बुधबार

    निफ्राका सीईओकाे तलब १ करोड २१ लाख

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बार्षिक १ करोड २१ लाख रुपैयाँ तलब तथा भत्ता भुक्तानी गरेको छ । 

    अहिले बैंकको प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा छन् । यद्यपि उनी गत वर्षको पुषमा नियुक्त भएका हुन्। त्यसैले यो सबै तलब सुविधा उनले पाएका होइनन्। अनिल ज्ञवाली त्यसअघि प्रमुख कार्यकारी अधिकृत थिए। 

    यस्तै बैंकले नायब प्रमुख कार्यकारी अधिकृतलाई ८२ लाख ३१ हजार रुपैयाँ तलब भत्ता बापत दिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार, प्रबन्धकहरुलाई ६५ लाख ८३ हजार र सहायक प्रबन्धकलाई ७७ लाख ७१ हजार रुपैयाँ भुक्तानी गरेको छ। 

     


    images
    images

    Logo