images
images

हिमपातपछि काठमाडौं हेटौंडा यातायात सेवा अवरुद्ध


  • 755
    SHARES
  • २०७८ पौष १४ गते बुधबार

    हिमपातपछि काठमाडौं हेटौंडा यातायात सेवा अवरुद्ध

    काठमाडाैं । काठमाडौं –हेटौंडातर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ । त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले आज सडक अवरुद्ध भएकाे हाे । 

    गए रातिदेखि बाक्लो हिउँ परेपछि आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए ।

    उनका अनुसार उक्त स्थानमा अहिले हिउँ परिरहेकाले काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकाले यातायात सञ्चालनमा रोक लगाएको हो । उनले मौसम सुधार भएमा आज दिउँसो अपराह्नसम्ममा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको बताए ।


    images
    images

    Logo