काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले प्रमुख कार्यकारी अधिकृत रहेका रमेशराज अर्याललाई एक करोड ५२ लाख रुपैयाँ तलब भत्ता दिएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा १ करोड ३५ लाख ८८ रुपैयाँ तलब बुझेका अर्यालले आर्थिक वर्ष २०७७/७८ मा १ करोड ५२ लाख रुपैयाँ बुझेका छन् । अन्य कार्यकारी पदाधिकारी/व्यवस्थापकले भने ३ करोड २६ लाख रुपैयाँ तलब भत्ता लिएका छन् ।
बैंकले बैठक भत्ता र अन्य खर्चमा १ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ । जसमा बैठकमा मात्रै ७५ लाख २ हजार रुपैयाँ र अन्य खर्चमा ४१ लाख ८७ हजार रुपैयाँ खर्च भएको छ ।