काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निराजनले पाएका छन् । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई अर्को व्यवस्था नभएसम्मको लागि कायम मुकायम सीईओको जिम्मेवारी दिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीको ४ वर्षको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा कँडेल नियुक्त भएका हुन् ।