images
images

 बिश्वकै अग्लो र लामो ब्यवसायिक स्काइ साइक्लिङ सुरु


  • 352
    SHARES
  • २०७८ पौष १३ गते मंगलबार

     बिश्वकै अग्लो र लामो ब्यवसायिक स्काइ साइक्लिङ सुरु

    काठमाडौं । विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा बिश्वकै अग्लो र लामो ब्यवसायिक स्काइ साइक्लिङ सुरु भएको छ । 

    कालीगण्डकी माथीको भिरमा रिसोर्ट परिसरमा (बाग्लुङ बलेवा तर्फ) स्काइ साइक्लिङ निर्माण गरिएको हो । साइक्लिङ दुई तर्फी गरि छ सय मिटर रहेको बताइएको छ । 

    प्रतीब्यक्ती ३ हजार ५ सय रहेको साइक्लिङ खेल्न हाल सुभारम्भ छुट अन्तर्गत २ हजार ५ सयमै टिकट पाइने कम्पनीका अध्यक्ष राजु कार्कीले बताए । बन्जी वा स्विङ गर्नेलाई अतिरिक्त बीस प्रतिसत छुट दिइने बताइएको छ ।

    गुलेली पिङ, पारिवारिक पिङ, हाइ रोप स्टेसन, स्काइ चियर, घोडाचडी सञ्चालनमा ल्याएको द क्लिफले नयाँ प्रडक्टका रुपमा स्काइ साइक्लिङ सुरु गरेको कार्कीले बताए ।

    विश्वमा २ सय २८ मिटर उचाइमा र ६ सय मिटरको कुनै पनी ब्यवसायिक स्काइ साइक्लिङ नरहेकोले यो नै बिश्वको लामो र अग्लो ब्यवसायिक जिपलाइन भएको कार्कीको दावी छ ।

    बिश्वकै अग्लो स्विङ समेत सन्चालन गर्दै आइरहेको द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन्। उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।


    images
    images

    Logo