images
images

 ह्वात्तै बढ्यो बैंकिङ कसुरसम्बन्धी मुद्दा


  • 289
    SHARES
  • २०७८ पौष १३ गते मंगलबार

     ह्वात्तै बढ्यो बैंकिङ कसुरसम्बन्धी मुद्दा

    काठमाडाैं । नेपालमा पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी मुद्दाको दर्ता  ह्वात्तै बढ्दै गएको देखिएको छ । नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी दर्ता हुने मुद्दाको संख्या बढ्दै गएको देखाएको हो ।

    प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महीना अर्थात् मङ्सिर मसान्तसम्म यस्तो मुद्दाको संख्या १ सय ५ प्रतिशतले बढेको छ । गत आवको पहिलो ५ महीनामा बैंकिङ कसुरमा ८ सय ८० मुद्दा प्रहरीमा दर्ता भएका थिए, चालू आवको सोही अवधिमा त्योभन्दा बढी अर्थात् १ हजार ८ सय ८ ओटा यस्तो मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

    बैंकिङ कसुरसम्बन्धी मुद्दा नेपाल प्रहरीमार्फत अदालती प्रक्रियामा जाने गर्छ । यसमा सरकार आफै नै वादी (पक्ष) भएर मुद्दा लड्ने गर्छ, जुन पछिल्लो समय ह्वात्तै बढेको प्रहरीको तथ्यांकले देखाएको छ । यस्तो मुुद्दा उच्च अदालतमा फैसला हुने गर्छ । आर्थिक वर्ष २०७६र७७ मा ३ हजार ३ सय ९ ओटा यस्तो मुद्दा दर्ता हुँदा गत आर्थिक वर्ष  २०७७र७८ मा २ हजार ३ सय ७३ ओटा मुद्दा दर्ता भएको देखिन्छ । तर, चालू आर्थिक वर्ष देखि बैंकिङ कसुरको मुद्दा पुनः बढ्न थालेको प्रहरीको तथ्यांकले देखाएको छ ।आर्थिक अभियान दैनिकबाट


    images
    images

    Logo