images
images

यातायात व्यवस्था विभाग गुर्जुधाराबाट नौ बिचौलिया पक्राउ


  • 363
    SHARES
  • २०७८ पौष १२ गते सोमबार

    यातायात व्यवस्था विभाग गुर्जुधाराबाट नौ बिचौलिया पक्राउ

    काठमाडौं । यातायात व्यवस्था विभाग गुर्जुधाराबाट आज नौ बिचौलिया पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–५ स्थित यातायात व्यवस्था विभाग गुर्जुधारामा लाइसेन्स, ब्लु–बुकलगायत कागजातको राजस्व तिर्न गएका सर्वसाधारणलाई हैरानी बनाएका उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । 

    परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राजस्वमा लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजी छिटोछरितो काम गरिदिने बहानामा जबरजस्ती गरी अनावश्यक हैरानी दिएकाले उनीहरुलाई पक्राउ गरिएको हो । 

    उक्त सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले शङ्कास्पद नौ जनालाई नियन्त्रण लिई वृत्त थानकोटबाट थप अनुसन्धानका लागि पठाइएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।


    images
    images

    Logo