images
images

स्रोतको कमीले बजेट तथा योजना कार्यावन्यनमा समस्या


  • 386
    SHARES
  • २०७८ पौष १२ गते सोमबार

    स्रोतको कमीले बजेट तथा योजना कार्यावन्यनमा समस्या

    काठमाडौँ । राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाँलले सरकारको आम्दानीको स्रोतको कमीका कारण बजेट तथा योजनाको कार्यावन्यनमा समस्या हुने गरेको बताए । 

    साथै उनले सरकारलाई सीमित क्षेत्रबाट प्राप्त हुने कर, रेमिट्यान्स र अन्य अनुमानित  सहयोगबाट बजेट निर्माण गर्दा त्यो स्रोत दिगो नहुँदा योजना तथा आयोजना कार्यावन्यनमा कठिनाइ उत्पन्न हुने गरेको छ ।
     
    राष्ट्रिय योजना आयोगद्वारा आज हेटौँडामा आयोजित मध्यकालीन खर्च संरचना, आयोजना बैंक र समपूरक तथा विशेष अनुदानको सफ्टवेयर र सञ्चालन एवं दिगो विकास लक्ष्यको स्थानीयकरणसम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रमको उद्घाटन गर्दै योजना कार्यावन्यनका लागि बजेट आवश्यक रहेको उनले बताए ।  
     
     फुयाँलले सङ्घीय, प्रदेश र स्थानीय गरी देशमा ७ सय ६१ सरकार रहेको र समन्वयको अभावले विकास योजनाको कार्यावन्यनमा दोहोरो तेहोरो खर्च हुने गरेकाले समन्वय र सुशासनका लागि एकीकृत सफ्टवेयर आवश्यक रहेको तथा त्यसका लागि आयोग क्रियाशील रहेको जानकारी दिए ।
      
    वाग्मती प्रदेशका प्रमुख सचिव किरणराज शर्माले कर्मचारीको कमीले सरकारको योजना तथा कार्यक्रम सञ्चालन र कार्यावन्यनमा समस्या रहेको बताउँदै विकास योजनालाई तीनै तहका सरकारले विधि संवत् तरिकाले सञ्चालन गर्नुपर्ने बताए । 

    वाग्मती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यामलाल भुसालले वर्तमान समय आधुनिकीकरणको युग भएकाले नेपालको वर्तमान मध्यकालीन खर्च संरचनालाई सफ्टवेयरमार्फत कार्यावन्यन गर्नुपर्ने विचार व्यक्त गरे ।
      
    दुई दिनसम्म संचालन हुने सो क्षमता विकास कार्यक्रममा वाग्मती प्रदेश आर्थिक तथा योजना मन्त्रालयका सचिव धनिराम शर्मा र आयोगका कार्यक्रम निर्देशक यदुनाथ आचार्य र पुरुषोत्तम सुवेदीले पनि सरकारको तीन तहबीचको मध्यकालीन संरचनाबारे बोलेको थिए । सो कार्यक्रममा सङ्घीय, प्रदेश र स्थानीय तहका कर्मचारीको सहभागिता रहेको बताए ।


    images
    images

    Logo