images
images

उपत्यका लगाएत देशका विभिन्न ठाँउमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी १३ जनाको मृत्यु


  • 349
    SHARES
  • २०७८ पौष १२ गते सोमबार

    उपत्यका लगाएत देशका विभिन्न ठाँउमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी १३ जनाको मृत्यु

    काठमाडौं । उपत्यका लगाएत देशका विभिन्न ठाँउमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।

    काठमाडौंको कागेश्वरी शिवचोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भई काठमाडौं थली बस्ने राजमान तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएमसि अस्पताल जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको हो ।

    सर्लाही स्थित खोरीया टोलस्थित भित्री सडकमा मोटरसाइकलले पैदलयात्रीहरूलाई ठक्कर दिई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मुकेश सिंह दनुवारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

    साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका २ जना पैदलयात्रीको सिद्धिविनायक अस्पताल बयलबासमा उपचार भइरहेको छ । कपिलवस्तु स्थित सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री मडाहा बस्ने सरस्वती अहिरको आइतबार दिउँसो मृत्यु भएको छ । 

    दुर्घटनामा गम्भीर घाइते भएकी उनको शिबराज अस्पताल बहादुरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    पाल्पा स्थित सडकमा मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही बस्ने टिका रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । 

    डोल्पामा ट्याक्टर पल्टिएर आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार जंग सार्कीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार २
    जनालाई उपचारको लागि स्थानिय स्वास्थ्य चौकी पठाइएको छ ।

    बैतडीमा  धनवीर धानुक सोही ठाउँस्थित समैपज्ने खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् । सप्तरी अग्निसाईर टेङग्री टोल नजिक बनियाँ पुलमा सुरेश सरदार आइतबार मृत अवस्थामा फेला परेका छन् ।सर्लाही स्थित पोखरीमा भरोसी राउत आइतबार मृत अवस्थामा फेला परेका छन् ।

    कैलाली गेटा सामुदायिक वन जङ्गलमा हाल नाम, थर, वतन नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । जाजरकोट कृष्ण बहादुर खड्का सोही ठाउँ सक्लास्थित लिउरेको जंगलमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

    सोहीगाउँपालिका सक्ला धौलाकोट बस्ने मर्दबिर महतराको घरमा काठ मिस्त्री काम गर्दै आएका उनी शनिबार बिहान जंगलतर्फ गएकोमा बेलुकासम्म फर्कि नआएपछि खोजी गर्ने
    क्रममा उक्त जंगलको रुखमा च्यापिएको अवस्थामा उनको शव फेला परेको हो ।

    तलकोटमा संगिता बिकको भिरबाट लडेर आइतबार साँझ मृत्यु भएको छ । जयपृथ्वी सल्लाको पिरोल लिन भनि गएकीमा सोही ठाउँस्थित उवावन भन्ने स्थानको भीरबाट लडेर
    उनको मृत्यु भएको हो । हाईड्रो पावर हाउसमा काम गर्ने क्रममा फलामको पाईपमा पानी हाली टेस्ट गर्दा पाईप अचानक पड्किँदा २ जनाको आइतबार साँझ मृत्यु भएको छ ।

    मृत्यु हुनेहरुमा अछाम घर भएका सुवास राज रेग्मी र काभ्रे धुलीखेल बस्ने अर्जुन थापा रहेका छन् । पाईप पड्किँदा गम्भीर घाइते भएका उनीहरुलाई प्रभु एयरको हेलिकप्टरद्वारा मिसन अस्पताल ओखलढुंगातर्फ लैजाने क्रममा मृत्यु भएको हो । साथै घाइते भएका सिरहा बस्ने मोजावेतर राईनलाई उपचारका लागि सिम्रिक हेलिकप्टद्वारा ग्राण्डी अस्पताल काठमाडौं लेर्याइएको छ ।

     


    images
    images

    Logo