images
images

अस्पताल बनाउन ६० लाख रुपैयाँ सहयोग


  • 597
    SHARES
  • २०७८ पौष १२ गते सोमबार

    अस्पताल बनाउन ६० लाख रुपैयाँ सहयोग

    सोलुखुम्बु । मैदेल सेरोफेरो गुरुङ समाज लाउरेटोल काठमाडौँले यहाँस्थित दूधकोशी सामुदायिक अस्पतालको भवन बनाउन करिब ६० लाख रुपैयाँ सहयोग गरेको छ । 

    सोलुको थुलुङ दूधकोशी गाउँपालिका–६ मैदेल स्थायी ठेगाना भई लाउरेटोल निवासी गणेशबहादुर गुरुङ र गोविन्द गुरुङले उक्त रकम सङ्कलन गरका हुन्न ।

    अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष बलराम गुरुङका अनुसार समाजले समितिलाई आइतबार मात्र  १४ लाख ८३ हजार ६ सय ४१ रुपैयाँ हस्तान्तरण गरेको थियो । 
         
    सो अवसरमा समाजका १सय ३ जनालाई खादासहित सम्मानपत्र प्रदान गरिएको थियो । थुलुङ दूधकोशी गाउँपालिका अध्यक्षसमेत रहनुभएका अस्पताल सञ्चालन समितिका अध्यक्ष असिम राईले सबैको सहयोगबाट अस्पताल भवन निर्माण ९५ प्रतिशत पूरा भएको र आगामी फागुनको पहिलो हप्ताभित्र सञ्चालनकोे तयारी भएको जानकारी दिए।

    स्थानीयवासीलाई सामान्य उपचारको लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता रही आएको छ ।  अस्पताल निर्माण सम्पन्न गर्न करिब  ३० करोड  रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

    गाउँपालिका केन्द्र मुक्लीमा रहेको सो अस्पताल निर्माणार्थ महायज्ञ समेत लगाइएको थियो । 


    images
    images

    Logo