images
images

सोलुखोला जलविद्युत्‌ दुर्घटनाः दुइ इन्जिनियरको मृत्यु, एक घाइते


  • 617
    SHARES
  • २०७८ पौष १२ गते सोमबार

    सोलुखोला जलविद्युत्‌ दुर्घटनाः दुइ इन्जिनियरको मृत्यु, एक घाइते

    काठमाडौं । सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा पाइप विस्फोट हुँदा २ इन्जिनियरको मृत्यु भएको छ भने एक जना परियोजना व्यवस्थापक गम्भीर घाइते भएका छन् । 

    ८६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा आइतबार साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उक्त घटना भएको हो । 

    घटनामा परी जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको छ ।

    पाइपको विस्फोटन लगत्तै बेहोस भएका रेग्मी र थापालाई उपचारका लागि ओखलढुंगा अस्पताल लगिएको थियो । अस्पताल पुऱ्याउनासाथ चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको हाे ।

    घटनामा हाईड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट मेनेजर नै गम्भीर घाइते भएका छन् । विराटनगर निवासी घाइते मोहम्मद राइनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । कम्मरमुनिको भाग चल्न नसक्ने अवस्थाका उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।


    images
    images

    Logo