images
images

कुलमानको कमाल : १६ प्रतिशतले घट्यो विद्युत चुहावट, कुन कार्यालयको कति ?


  • 404
    SHARES
  • २०७८ पौष ११ गते आइतबार

    कुलमानको कमाल : १६ प्रतिशतले घट्यो विद्युत चुहावट, कुन कार्यालयको कति ?

    काठमाडौं । कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट नियन्त्रयामा फडेको मारेको छ । अघिल्लो वर्ष १७.१८ प्रतिशत रहेको विद्युत चुहावट पछिल्लो ४ महिनामा २.८३ प्रतिशत विन्दुले घटेर १४.३५ प्रतिशतमा झरेको हो । यो अवधिको विद्युत चुआवट १६.४७ प्रतिशत कम हो । 

    कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको हो । गत वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १२.०१ प्रतिशत थियो । गत आवको चार महिनाको तुलनामा यस वर्ष वितरण तर्फको चुहावट २.७७ प्रतिशत विन्दुले कम हो । प्राधिकरणले चालु आवमा विद्युत चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।  

    आव २०७२/७३ मा २५.७८ प्रतिशत विद्युत चुहावटलाई घटाएर प्राधिकरणले आव २०७६/७७मा १५.२५प्रतिशतमा झारेको थियो । तर, आव २०७७/७८मा चुहावट १.९१ प्रतिशत विन्दुले बढेर १७.१८ प्रतिशत पुगेको थियो । 

    वितरणतर्फको विद्युत चुहावट

    प्रादेशिक/डिभिजन कार्यालय

    विद्युत चुहावट(प्रतिशत)

    २०७७ कात्तिकसम्म

    आव २०७७/७८

    (२०७८ असारसम्म)

    २०७८ कात्तिकसम्म

    प्रदेश नं १ प्रादेशिक कार्यालय, विराटनगर

    १७.८५

     ११.९८

     १०.५२

    प्रदेश नं २ प्रादेशिक कार्यालय, जनकपुर

     १८.६२

    १६.५४

    १३.८२

    वागमती प्रादेशिक कार्यालय, काठमाडौं

    ७.२८

     ७.७०

     ६.८१

     वागमती प्रदेश डिभिजन कार्यालय, हेटौंडा

    ७.६६

    ६.७७

    ३.६५

    गण्डकी प्रादेशिक कार्यालय, पोखरा

     १०.२३

    १०.५४

    ७.९२

     लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल

    १३.७६

    १२.९५

    ९.०२

    लुम्बिनी प्रदेश डिभिजन कार्यालय, नेपालगञ्ज

    ९.९८

    १०.७८

    ६.७६

    कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत

     १४.६२

     १७.७३

     १२.१६

    सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया

     १०.९९

    १४.९०

    ५.१६

    जम्मा

     १२.०१

     ११.६४

     ९.२४

    स्रोत : नेपाल विद्युत प्राधिकरण

    कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रुपमा चलाइएको, सबस्टेसनको क्षमता बृद्धि गर्ने, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताउनुभयो । उद्योगहरुमा विद्युत आपूर्ति बढेको र चुहावट नियन्त्रण अभियानलाई अझै सशक्त तथा प्रभावकारी बनाएर चालु आवका लागि राखिएको लक्ष्यभन्दा चुहावटलाई तल झार्ने गरी काम अगाडि बढाइएको घिसिङले बताऐ । 

    ‘गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण,महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर  लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइएको छ’, उनले भने । 

    ‘चोरी नियन्त्रण गर्दा कति ठाउँमा हाम्रा कर्मचारीमाथि आक्रामण भएको छ, यस्तो अवस्थामा पनि वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएका छौं ।’  

    काठमाडौं उपत्यकामा जाडोमा र तराई क्षेत्रमा गर्मीमा चुहावट बढ्ने उल्लेख गर्दै घिसिङले प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर चालिएको अभियानलाई अझै सशत्त र प्रभावकारी बनाएर चालु आवको लक्ष्य हासिल गरिने बताए । 

    प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण, विद्युतीकरण  र सेवाप्रवाह सुधारमा केन्द्रित रहेर प्राधिकरणका सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखहरु र मातहतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्ने छ । 

    कार्यकारी निर्देशक घिसिङले भने, ‘उपयुक्त स्थानमा उपयुक्त व्यक्ति भन्ने अवधारणाका आधारमा जिम्मेवारी दिन सुरु गरिएको छ,ग्राहकलाई  दिने सेवामा सुधार गर्न, ग्राहकलाई थप विद्युत दिन, विद्युत चुहावट नियन्त्रण, विद्युत् महशुल वक्यौता असुली, विद्युतीकरणलगायतलाई मुख्य मानक मानी ग्राहक तथा वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन गर्दै छौं, यसबाट चुहावट नियन्त्रण, विद्युतीकरण, सेवा प्रवाह लगायतमा सुधार हुने छ ।’


    images
    images

    Logo