काठमाडौं । नेपाल राष्ट्र बैंकले सिक्का डिजाइन र टंकण व्यवस्थापनका लागि नौवटा अन्तर्राष्ट्रिय कम्पनी छनोट गरेको छ । गत भदौ ३१ गते जारी गरेको अन्तर्राष्ट्रिय बोलकबोलमा परेका आवेदनमध्ये नौवटा कम्पनीलाई प्रारम्भिक चरणमा छनोट गरिएको नेपाल राष्ट्र बैंकले जनाएको हो ।
बैंकका अनुसार प्रारम्भिक छनोट चरणमा चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिनटिङ कर्पोरेसन, मिनिका पोलस्का एसए पोल्यान्ड, मिनकोभिना किमिनिका स्टेन्नी पोड्नक स्लोभाकिया, मिन्ट आफ फिनल्यान्ड परेका छन ।
त्यसैगरी रियल कासा डी ला मोनिडा स्पेन, रोयल क्यानडियन मिन्ट क्यानडा, रोयल डुट्थ मिन्ट द नेदरल्यान्ड, सेकुरिटी प्रिन्टिङ एन्ड मिन्टिनिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड र द रोयल मिन्ट लिमिटेड युनाइटेड किङ्डम छनोटमा परेका हुन् । गोरखापत्र दैनिकबाट



