images
images

एकैदिन १४ सुचीकृत कम्पनीले बोलाए साधारणसभा


  • 430
    SHARES
  • २०७८ पौष ९ गते शुक्रबार

    एकैदिन १४ सुचीकृत कम्पनीले बोलाए साधारणसभा

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकृत १४ वटा कम्पनीले एकैदिन साधारणसभा आह्वान गरेका छन् । शुक्रबार नेप्सेमा सूचीकृत भएका ५ समूहकाका कम्पनीहरुले २१ दिनको समय दिएर वार्षिक साधारणसभा बोलाएका हुन् । 

    यसरी साधारणसभा बोलाउने कम्पनीहरुमा ४ वटा वाणिज्य बैंक, ५ वटा फाइनान्स कम्पनी, ३ वटा लघुवित्त छन् भने निर्जीवन बीमा र हाइड्रोपावर समूहका १÷१ कम्पनी रहेका छन् । 

    वाणिज्य बैंकतर्फ नबिल बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र सेञ्चुरी बैंकले आजै साधारणसभा बोलाएका छन् । त्यस्तै, फाइनान्स कम्पनीतर्फ प्रोग्रेसिभ फाएनान्स, समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स, पोखरा फाइनान्स र सेन्ट्रल फाइनान्सले साधारणसभा बोलाएका छन् । 

    त्यस्तै, लघुवित्ततर्फ जनउत्थान सामुदायिक लघुवित्त, आँधिखोला लघुवित्त र कालिका लघुवित्तले साधारणभिा बोलाउँदा छ्याङ्दी हाइड्रोपावर र सानिमा जनरल इन्स्योरेन्सले पनि आजै साधारणसभा बोलाएका छन् । 

    कम्पनी ऐन २०६३ को व्यवस्था अनुसार सबै प्राइभेट तथा पब्लिक कम्पनीहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र लेखापरीक्षण प्रतिवेदन तयार गरी सो प्रतिवेदन साधारण सभाबाट पारित गराउनुपर्ने व्यवस्था छ । यसरी साधारणसभाबाट पारित नगराए कम्पनी कारबाहीमा पर्ने व्यवस्था छ । 

    ऐनको यही अनिवार्य शर्त पालना गर्ने सिलसिलामा उनीहरुले साधारणसभा बोलाएका हुन् । पब्लिक कम्पनीले वार्षिक साधारणसभाका लागि कम्तीमा २१ दिन अगाडी सार्वजनिक सूचना जारी गर्नुपर्छ । आज सूचना जारी भएका कम्पनीहरुले मात्रै तोकिउको अन्तिम दिनसम्म साधारणसभा गर्न सक्ने भएकोले आज साधारणसभा बोलाउने कम्पनीको संख्या धेरै देखिएको हो । 

    यी कम्पनीमध्ये अधिका‌शले अघिल्लो वर्षको वित्तीय विवरणमा आधारित लेखापरीक्षण प्रतिवेदन तथा कम्पनीको वार्षिक प्रतिवेदनहरु पारित गर्ने, प्रस्तावित लाभांश पारित गर्ने, आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरु गरेका छन् । केही कम्पनीकाै सञ्चालक समितिको निर्वाचन हुने तथा केहीले मर्जर तथा एक्विजिसनको समझदारीका लागि सञ्चालक समितिलाई साधारणसभाबाट अख्तियारी प्रदान गर्ने एजेन्डाहरु समेत तय गरेका छन् ।


    images
    images

    Logo