काठमाडौं । नबिल बैंकले साधारण सभाका आह्वान गरेको छ । बैंकले आउँदो पुस ३० गते वार्षिक साधारण सभा बोलाएको हो । सो दिन बैंककै केन्द्रीय कार्यालयमा बिहान साढे ९ बजे साधारणसभा बस्नेछ ।
साधारणसभामा बैंकले घोषणा गरको ३८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित हुनेछ । सभाले बैंकसँग अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाम्न गाभिन तथा वैदेशिक रणनीतिक साझेदारीमा जान र सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावसमेत पारित गर्ने छ ।
बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १६ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ, जसअनुसार पुस १५ सम्म दोस्रो बजारमा कारोबार भइ शेयर कायम भएका शेयरधनी लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन् ।



