काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ खर्ब भन्दा बढीको नयाँ नोट आजदेखि प्रचलनमा ल्याएको छ । ५०० रुपैयाँ दरको सो नोट शुक्रबारदेखि चलनचल्तीमा ल्याउन लागेको हो ।
राष्ट्र बैंकले छ/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्मको नोटलाई प्रचलनका लागि खुला गरेको हो । यो १ खर्ब २ अर्ब रुपैयाँ बराबर हुन आउँछ ।
यो नोट अघिल्लो वर्ष नै छापेर ल्याइएको थियो जसमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ । नयाँ नोटको रङ, आकार र डिजाइन भने यसअघि जस्तै छ ।