images
images

सवा ८ लाखको घरबार बसाएर बिदा भयो पुनर्निर्माण प्राधिकरण


  • 551
    SHARES
  • २०७८ पौष ८ गते बिहीबार

    सवा ८ लाखको घरबार बसाएर बिदा भयो पुनर्निर्माण प्राधिकरण

    काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण औपचारिक रुपमा खारेज भएको छ । २०७२ सालको भुकम्पपछि स्थापना भएको सो प्राधिकरण ६ वर्षपछि खारेज भएको हो । यो अवधिमा पुनर्निमाण प्राधिकरणले ८ लाख २८ हजार ७ सय ६३ जनालाई घरको पुनर्निर्माणबापत पहिलो किस्ताको रकम उपलब्ध गराएको छ । त्यसमध्ये ७ लाख ३ हजार ३ सय ७ घरहरु निर्माण सम्पन्न भएका छन् । 

    त्यस्तै, प्राधिकरणले यो अवधिमा ६ हजार ६ सय ४७ विद्यालय, ७ सय ५१ स्वास्थ्य संस्था, ६ सय ६ वटा सांस्कृतिक सम्पदा, ३ सय ८८ सरकारी भवन र २ सय १६ सुरक्षा निकायका भवनहरु समेत निर्माण गरेको छ । 

    यो अपधिमा प्राधिकरणले दशभर झन्डै १ लाख निर्माणकर्मी सिर्जना गरेको छ भने ६ हजार भन्दा बढी इन्जिनियरलाई अनुभवले खारिएको बनाएको छ । 

    यद्यपि अझै पनि ९ सय ३६ विद्यालय भवन, ३ सय ५४ स्वास्थ्य संस्था, २ सय ८८ सांस्कृतिक सम्पदा र २० सरकारी भवन निर्माण हुन बाँकी छ । 

    उता, अनुदान सम्झौता गरेका ९ सय ४ जनालाई पहिलो किस्ता, ७८ हजार ३ सय ४ जलाई दोस्रो किस्ता, ४७ हजार १ सय ५२ जनलाई तेस्रो किस्ताको रकम हस्तान्तरण गर्न नपाउँदै प्राधिकरण विदा भएको छ । त्यस्तै, जोखिमयुक्त बस्तीका लाभग्राहीको व्यवस्थापन र भूमिहीनहरुको व्यवस्थापन प्रक्रिया समेत प्राधिकरणले पूरा गर्न पाएन । 

    बिदाइको अन्तिम दिन प्राधिकरणले आफ्ना सबै हिसाबकिताब, सम्पत्ति तथा दायित्वहरु राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बुझाएको छ । गृहमन्त्री बालकृष्ण खाँडको उपस्थितिमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण प्राधिकरणका सबै सम्पत्ति तथा दायित्वहरु हस्तान्तरण गरेका हुन् । 


    images
    images

    Logo