images
images

पाँच महिनामा रु ८८ अर्ब राजस्व सङ्कलन


  • 368
    SHARES
  • २०७८ पौष ८ गते बिहीबार

    पाँच महिनामा रु ८८ अर्ब राजस्व सङ्कलन

    काठमाडौँ । देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट आयात तथा निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा उलेख्य सुधार भएकोे छ ।

    गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आथिर्क बर्षको पहिलो ५ महिनामा यस कार्यालयले ५२ प्रतिशत भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।

    आर्थिक वर्ष २०७७/७८को साउनदेखि मंसिर मसान्त सम्मको ५ महिनामा  ५८ अर्ब १५ करोड ९९ लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । 

    चालू आर्थिक वर्षको सोही अवधिमा ३० अर्ब ५३ करोड ९२ लाख रुपैयाँ बढी अर्थात् ८८ अर्ब ६९ करोड ९२ लाख रुपैयाँ राजश्व सङ्कलन भएको  छ । यो गत आथिर्क बर्षको तुलनामा ५२.५० प्रतिशत बढी हो ।

    विभागलले चालू आथिर्क बर्षको साउनदेखि मंसिरमसान्तसम्मको अवधिमा ८२ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्य भन्दा ६ अर्ब ८ करोड ६६ लाख रुपैयाँ बढी  राजस्व सङ्कलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

    उनले देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थ लगायत वस्तुको आयात बढेकाले राजस्व सङ्कलनमा सुधार देखिएको बताउए ।

    गत आर्थिक वर्षको पहिलो ५ महिनामा  ५४ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकामा  कार्यालयले लक्ष्यभन्दा  ३ अर्ब ४२ करोड ४१ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको थियो ।

    नेपालका लागि हुने इन्धन आयातबाट संकलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले जनाएको  छ । 


    images
    images

    Logo