काठमाडौं । नेपाल राष्ट्र बैैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले अर्थतन्त्रमा कर्जा प्रवाह नै रोक्न नचाहेको भन्दै यसलाई नियमन मात्रै गर्न खोजेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकले बुधबार आयोजना गरेको पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा उनले बजारमा राष्ट्र बैंकले कर्जा विस्तारलाई रोक्न खोज्यो भन्ने हल्ला चलेको भन्दै आफूले यसलाई व्यवस्थित बनाउन मात्रै चाहेको बताए ।
‘अहिले ९२ अर्बको पुनकर्जा स्वीकृत भएको छ, यो बैंकिङ च्यानलभन्दा बाहिरबाट दिइएको हो,’ उनले भने, ‘राष्ट्र बैंकले रोक्नै चाहेका भए ९२ अर्बको पुनकर्जा किन दिन्थ्यौं ?